सौर्य ऊर्जाबाट खानेपानी वितरण, मासिक ६० हजार बचत

सौर्य ऊर्जाबाट खानेपानी वितरण, मासिक ६० हजार बचत

दमक (झापा) : गौरादहमा सौर्य ऊर्जाको उपयोगबाट खानेपानी वितरण थालिएको छ। सौर्य ऊर्जाबाट पम्प तथा कम्प्रेसर समेत सञ्चालन गरिएको छ। पानी तान्नेदेखि वितरणसम्मका काम सौर्य ऊर्जाबाट हुने गरेको छ। चालु आर्थिक वर्षदेखि गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले यस प्रणाली अपनाएको हो। २०५२ सालमा स्थापित समितिले करिब अढाई दशकपछि सौर्य ऊर्जाको प्रयोग गरेपछि लागत घट्दा यसको फाइदा उपभोक्ताले समेत पाएका छन्। सौर्य ऊर्जाबाट पम्प तथा कम्प्रेसर समेत सञ्चालन गरिएको सम्भवतः नेपालमै पहिलो पटक भएको विज्ञहरुले बताएको समितिका सचिव डण्डिराज घिमिरेले बताउँछन्। गौरादह–१ मा रहेका दुईवटा ट्याङ्कीबाट समितिले पानी वितरण गर्दै आएको छ। साढे पाँच लाख लिटर क्षमताका दुईवटा ट्याङ्कीमा पानी भर्ने तथा धारासम्म पु¥याउने काममा दिनको समयमा सौर्य ऊर्जाको उपयोग हुन्छ। राति भने विद्युत प्रयोग गर्ने गरिएको समितिले जनाएको छ। सौर्य ऊर्जाबाट चार्ज गर्ने ब्याट्री नराखिएको र सोझै प्रयोग गर्ने गरिएकाले रातको समयमा विद्युतकै उपयोग हुने गरेको समितिका सचिव घिमिरेले बताए। प्रदेश सरकारको अनुदान सौर्य ऊर्जा जडानमा प्रदेश सरकारले अनुदान दिएको हो। प्रदेश १ सरकारबाट प्राप्त ८८ लाख ७५ हजार ९०० रुपैयाँ अनुदानबाट समितिले १४२ वटा सौर्य ऊर्जाको प्यानल जडान गरेको हो। सौर्य ऊर्जा जडानपछि गत साउन २४ देखि सोही ऊर्जाले पम्प र कम्प्रेसरको प्रयोग गरी विद्युतीय ऊर्जाको खपत घटाएको समितिले बताएको छ। सोही दिनबाट समितिले महसुल भुक्तानीका लागि अनलाइन सेवा समेत सुरु गरेको छ। हाल समितिमार्फत गौरादह नगरपालिकाका वडा नम्बर १, २ र ३ नम्बर वडामा करिब २ हजार ४०० धारामार्फत पानी वितरण हुँदै आएको छ। कमल गाउँपालिका र गौरादहकै अन्य वडाबाट समेत खानेपानीको माग भई रहेकाले क्रमिक रुपमा पानी वितरण बिस्तार गर्ने योजना रहेको समितिले जनाएको छ। यस वर्ष थप ३०० वटा धारा उपभोक्तालाई प्रदान गर्ने लक्ष्य रहेको समितिका सचिव घिमिरेले बताएका छन्। घट्यो महसुल सौर्य ऊर्जाको उपयोगपछि लागत घटेकाले समितिले खानेपानीको महसुल समेत घटाएको छ। गत साउन १ अघिसम्म न्युनतम आठ युनिट पानीको महसुल उपभोक्ताले १३० रुपैयाँ तिर्नु पर्दथ्यो। तर, सौर्य ऊर्जाको उपयोगपछि १०५ रुपैयाँ मात्र तोकिएको छ। ‘खास महसुल त १०० रुपैयाँ हो, पाँच रुपैयाँलाई संस्थाको सामाजिक विकास कोषमा जम्मा हुन्छ,’ सचिव घिमिरेले भने, ‘जसबाट बिभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गतका काम हुने गरेको छ।’ यसरी सौर्य ऊर्जाको उपयोगपछि २४ सय उपभोक्ताको महसुल बापत्त मासिक करिव ६० हजार रुपैयाँ बचत भएको समितिले बताएको छ। सौर्य ऊर्जा जडानअघि मासिक एक लाख ३० हजार रुपैयाँसम्म विद्युत महसुल समितिले तिर्ने गरेको थियो। तर, सौर्य ऊर्जाको उपयोगले करिब आधा शुल्क घटाएको छ।श्राेत thahakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment