मन्त्री गोकर्ण बिष्टले आफुले खाएको थाल आँफै माझे पछि……….

मन्त्री गोकर्ण बिष्टले आफुले खाएको थाल आँफै माझे पछि……….

बुटवल / शनिवार विहान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट गृह जिल्ला गुल्मीका विभिन्न कार्याक्रममा सहभागी भएका छन ।
शुक्रवार साँझ सदरमुकाम तम्घास आई पुगेका मन्त्री विष्ट आईतवार विहानै गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गा यज्ञशालाको दर्शन गरेका थिए ।

दर्शन पछि मन्त्री विष्टले यज्ञशालाले तयारी पारेकाे साकाहारी भोजन खाए । भोजनपछि सहयोगीहरुले थाल मागेर धुन खोजिरहेको बेला मन्त्री बिष्ट अरुलाई थाल माझ्न दिन चाहेनन् ।

मन्त्री विष्टले आफैले खान खाएको थाल बोकेर धारा तर्फ माझ्न पुगेर माझे भान्छेलाई बुझाए । मन्त्रीले नै थाल माझेपछि मन्त्री संगै पुगेका जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण बिष्ट , रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र मृृुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा लगायतका जनप्रतिनिधीहरु पनि आफुले खान खाएको थाल आफै माझेका थिए ।श्राेत purbelinews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment