दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना हुँदा कम्तीमा १० जनाको निधन भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सवा १ बजे सुनकोशी नदीमा खसेको हो। डिएसपी माधव काफ्लेले दिएको जानकारी अनुसार घटनास्थलमा ९ जनाको श व फेला परेको छ। एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो। मृ तकको सनाखत हुन भने बाँकी छ।‘मृ तकको संख्या बढ्न सक्छ, हामी खोजी र उद्धार गरिरहेका छौं,’ डिएसपी काफ्लेले भने। मृ तकको सनाखत भइसकेको छैन।घटनास्थलमा ९ जनाको श व भेटिएको प्रहरीले जनाएको छ। केही श वहरु नदीमा बगेको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले स्थानीय बासिन्दा, प्रहरी र सेनाको टोली उद्धारमा खटिएको छ। घाइते १५ जनालाई उद्धार गरेर उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ।
बसमा कति जना सवार थिए भन्ने यकिन नभए पनि ३० देखि ४० जना यात्रु सवार रहेको अनुमान गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । दुर्घटनाको कारण खुलेको छैन।‘बसमा ओभर लोड थिएन, ओभर स्पिडका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्,’ सहायक प्रजिअ शर्माले भने, ‘घाइते बस चालकको प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ।’
डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको छ। अहिले घाइतेहरुको उद्धार जारी रहेको छ।घटनाको थप विवरण आउन बाँकी छ।श्राेत etajakhabar
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्