नवनियुक्त्त प्रदेश प्रमुखहरुको शपथग्रहण आज शीतल निवासमा हुने

नवनियुक्त्त प्रदेश प्रमुखहरुको शपथग्रहण आज शीतल निवासमा हुने

कार्तिक १९, काठमाडौं । सातवटै प्रदेशका नवनियुक्त्त प्रदेश प्रमुखहरुको शपथग्रहण आज मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ (२) बमोजिम सातवटै प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान ९ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।onlinekendraसहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment