काठमाडौँ : काभ्रेको नमोबुद्ध नगरपालिका तल्लो हटियामा एक दम्पती मृत फेला परेका छन् ।
मंगलबार बिहान स्थानीय ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षकी रुकुमाया श्रेष्ठको शव भेटिएको हो ।
सोमबार राति रक्सी खान पसलमा गएका व्यक्तिले उनीहरुको ज्यान लिएको अनुमान गरिएको काभ्रेका एसपी जयराज सापकोटाले जानकारी दिए ।
उनका अनुसार घटनाको थप अनुसन्धानका लागि काठमाण्डौबाट तालिमप्राप्त कुकुरसहितको टोली बोलाइएको छ । यस सम्बन्धमा काभ्रे प्रहरीले पनि अनुसन्धान अघि बढाएको एसपी सापकोटाले बताए ।bigulnewsसहयोगमा
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्