काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता झक्कु सुवेदीलाई हृदयाघात भएको छ । हृदयाघात भएपछि सोमबारै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको मुटुको शल्यक्रिया गरिएको छ । नर्भिक अस्पतालको आइसियुमा उपचाररत सुवेदीको मुटुको शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन्। ‘मेजर हार्टअट्याक पछि नर्भिकमा सुवेदीको उपचार गरिएको छ।
उनलाई सोमबार नै नर्भिकमा पुर्याइएर तत्कालै शल्यक्रिया गरिएको थियो। सोमबार बिहान दाङ हिँडेका नेता सुवेदी थानकोट पुगेपछि बेहोस भएका थिए। गाडीमै बेहोस भएका सुवेदीलाई सिधै नर्भिक अस्पताल पुर्याएर उपचार थालिएको थियो। संयुक्त जनमोर्चा हुदै तत्कालिन माओवादी प्रवेश गरेर पछि खुला राजनीतिमा आएका रोल्पा निवासी सुवेदी काठमाडौं पछिल्लो पटक भएको संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेद्वार बनेका थिए ।souryaonlineसहयोगमा