चालकले सन्तुलन गुमाउँदा बस दुर्घटना ५ जनाको मृत्यु, २५ भन्दा बढी घाइते

चालकले सन्तुलन गुमाउँदा बस दुर्घटना ५ जनाको मृत्यु, २५ भन्दा बढी घाइते

भारत महाराष्ट्रको पुणेमा, एउटा बस दुर्घटना भएको छ । बस ६० फिट गहिरो खोल्सामा खसेको हो । बस दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् । बस साताराबाट मुम्बई जाँदै गरेको थियो । पुणे र मुम्बई राजमार्गको बोर्घाट नजिकै चालकले सन्तुलन गुमाएपछि बस रेलिंग तोडेर खोल्सामा खसेको थियो । उक्त ४९ जना यात्रीहरु रहेका थिए । दुर्घटना पछि स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको दैनिक भास्करले जानकारी दिएको छ ।smartkhabarसहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment