अर्घाखाँचीमा कार दुर्घटना, तीन जनाको मृत्यु

अर्घाखाँचीमा कार दुर्घटना, तीन जनाको मृत्यु

अर्घाखाँचीको ठाडा नजिकै कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

रुपन्देहीको मुर्गियाबाट सन्धीखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्वरको कार सन्धीखर्क नगरपालिका वडा नम्वर ६ ठाडा देखि ३०० मिटर अगाडी (सन्धीखर्कतर्फ) दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

‘प्राइभेट कार दुर्घटना भएको हो । पाँच जना सवारमध्ये दुई जना घाइते छन्,’ डिएसपी विष्टले भने, ‘मृतकहरुको नाम खुलेको छैन, हामी बुझ्दै छौँ ।’

घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीका अनुसार कार अनियन्त्रित भइ सडकदेखि करीब सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।श्राेतratopati

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment