गुलरिया : बर्दियाको गुलरिया नगरपालिका ५ स्थित घरको भित्ताले च्यापिएर एकजनाको मृत्यु भएको छ। गुलरिया भूरिगाउँ हुलाकी सडक निर्माणका लागि अतिक्रमित घरको संरचना भत्काउने क्रममा ६० वर्षीय भविप्रसाद पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै घरको माथिल्लो तल्लाको भित्ता खसेर च्यापिएका पौडेलको घटनास्थलमै मृत्यु भएको हो।उनी होटल संचालक पनि हुन्। भित्ता भत्किँदा दुईजना कामदार पनि घाइते भएका छन्। प्रहरीका अनुसार बढैयाताल गाउँपालिका ९ शक्तिनगर निवासी १६ वर्षीय नवराज चौधरी र ३४ वर्षीय मनोजराम चौधरी गम्भीर घाइते भएका छन् ।घाइतेको गुलरिया अस्पताल बर्दियामा उपचार भइरहेको छ । श्राेतannapurnapost
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्