मासु खाने रहर गर्दा श्रीमानले लिए श्रीमतीको ज्यान …

मासु खाने रहर गर्दा श्रीमानले लिए श्रीमतीको ज्यान …

काठमाडौँ : घरमा भएको सामान्य विवादले उग्र रुप लिँदा श्रीमानले श्रीमतीको ज्यान लिएका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका-२ बन्दीपुरमा स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानलाई धारिलो हतियार प्रहार गरि ज्यान लिएका हुन् ।

बुधबार बिहान श्रीमतीले मासु खाने रहर गरेपछि श्रीमानले पैसा नदिएको र सोहि विषयलाई लिएर भएको सामान्य विवादले उग्र रुप लिँदा पासवानले श्रीमति कवितालाई बन्चरो प्रहार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

उनका अनुसार पासवानले शरीरका विभिन्न भागमा बन्चरो प्रहार कवितादेवीको घटनास्थलमै ज्यान गएको हो । उक्त घटनापछि घरबाट फरार भएका पासवानको खोजि कार्य अघि बढाई सोबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।श्राेतbigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment