काठमाडौँ : भारतको नयाँ नक्सामा नेपाली भूभाग आफ्नोतर्फ देखाएको विरोधमा नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा र्याली निकालेको छ ।
भारतको नयाँ नक्सामा अन्तर्राष्ट्रिय मान्यताविपरीत नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारततर्फ देखाइएकोमा नेमकिपाले विरोध र्याली निकालेको हो ।
सोहि क्रममा बुधबार भक्तपुरको सुर्यबिनायकमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भारतले नेपालको भूमि अतिक्रमण गर्दा सरकार चुप बसेको भन्दै अर्को आलोचना गरेका छन् ।
भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउन विरोध र्याली निकालेको बताउदै सुवालले १९६१मा नेपाल र चिनबीच भएको सम्झौतामा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भन्ने उल्लेख गरिएको प्रमाण रहेको बताए ।
यस विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगाएत थुप्रै राजनीतिक पार्टीले आ-आफ्नो धारणा सार्वजनिक गरि त्यसबारे कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।श्राेतbigulnews