काठमाडौं : भारतले यही आइतवार सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समेटेको विरोधमा विद्यार्थीसहितका समूहले प्रदर्शन गरेका छन्। शुक्रबार बिहान ११ बजेदेखि लैनचौरस्थित भारतीय राजदूतावास जाने सडक अगाडि जम्मा भएका सयौँ विद्यार्थी र अन्य समूहले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा राष्ट्रवादी समूह, अनेरास्ववियुसम्वद्ध विद्यार्थी र अन्य युवाहरु सहभागी भएका थिए। उनीहरुले राष्ट्रिय झण्डा बोकेर भारतीय विस्तारवाद मुर्दाबाद, गो ब्याक इन्डिया, ब्याक अफ इन्डिया, कालापानी हाम्रो, लिपुलेक हाम्रो हो जस्ता नारा लगाएका थिए। भारतविरुद्ध मंगलबारदेखि सुरु विरोधका कार्यक्रम काठमाडौंसहित देशभर चर्किँदै गएका छन्। सरकाले पनि भारतीय नक्साको विरोध जनाइसकेको छ। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिशकुमारले भने भारतले नेपालको कुनै पनि भूभाग नमिचेको जिकिर गर्दै केही स्वार्थी तत्वहरुले विवाद झिक्न खोेजेको दाबी गरेका छन्। श्राेत thahakhabar
लैनचौरमा नारा : कालापानी हाम्रो हो, गो ब्याक इन्डिया

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्