डा. केसीलाई काठमाडौँ ल्याउन खोज्दा समर्थक र प्रहरीबीच विवाद , स्थिति तनावग्रस्त…

डा. केसीलाई काठमाडौँ ल्याउन खोज्दा समर्थक र प्रहरीबीच विवाद , स्थिति तनावग्रस्त…

काठमाडौँ : चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीका समर्थक र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको छ ।

डडेल्धुरामा अनशनरत डा.केसीका समर्थकहरु प्रदर्शनमा उत्रिएपछि सरकारले हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने खोज्दा प्रहरी र केसीका समर्थकबीच विवाद भएको हो ।

केहि हप्ता अघि टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले विभिन्न ६ वटा माग राख्दै अनशन सुरु गर्ने जानकारी दिए अनुसार गत सोमबारबाट अनसन थाल्न लागेका हुन् ।

केसीको अनसनको आज आठौं दिन सोमबार डडेल्धुराबासीले सम्पूर्ण यातायातका साधन ठप्प पारेपछि सरकारको निर्देशनमा काठमाडौँ ल्याउने तयारी गरिएकोमा उनका समर्थकले माग पूरा गर्नुको सट्टा अनशन तोडन दबाव दिइएको भन्दै प्रदर्शन गरेका हुन् ।

यसअघि १६ औँ पटक अनशन बस्दा सरकारसँग भएका विभिन्न सहमति कार्यान्वयन नभएको भन्दै केसीले १७ औँ अनशन सुरु गरेका हुन् ।

उनले विगतमा गरेका सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको रकम विद्यार्थीलाई फिर्ता गर्नुपर्ने, संसदीय उपसमितिले मेडिकल कलेजको शुल्क र सिट बढाउन गरेको प्रस्ताव खारेज गर्नुपर्ने लगायतका छ बुँदे माग राखेका छन् ।

यसैबीच नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले डा. गोविन्द केसीको मागलाई बेवास्ता गरेको आरोप लगाएका छन्।पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा. केसीको अनशन सम्पूर्ण जनताको गुणस्तरीय स्वास्थ्यका निम्ति भएको बताउदै सो माग सम्बोधन गर्न सबैले सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका हुन् ।

सांसद थापाले केहिबेर अघिमात्र सामाजिक संजालमार्फत भनेका छन्”डा.गोविन्द केसीको संघर्ष न उहाँको लागि हो न उहाँको आफन्तका लागि! यो संघर्ष तपाईं हाम्रा लागि हो,आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो।सत्याग्रहलाई बेवास्ता गरिरहनुभएको प्रधानमन्त्रीज्यू लाई डा.केसीको अनशनको बारेमा चिच्याएर भनौँ,’डा.केसीको माग अविलम्ब सम्बोधन गर र उनको जीवन रक्षा गर”।

हाल केसी डडेल्धुरा अस्पतालमा उपचारार्थ छन् । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि गत शुक्रबार अस्पताल भर्ना गरिएको हो ।श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment