सामाजिक सञ्जालमा अघोरी बाबाको पत्नीका रुपमा चिनिएकी शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त, बौद्धले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।
प्रहरी स्रोतका अनुसार पाण्डेलाई प्रहरीले बोलाएपछि अघोरी बाबा भनिने विजय केसी पनि सँगै गएका थिए । पाण्डेमाथि विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ ।श्राेत onlinekhabar
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्