गुल्मीमा निशुल्क बाथरोग शिविर

गुल्मीमा निशुल्क बाथरोग शिविर

 

जिल्ला सदरमुकाम तम्घासमा राखिएको शिविरमा २०४ जनाको निशुल्क बाथरोगको परीक्षण गरिएको आयोजकले जनाएको छ । गुल्मीसहित अर्घाखाँची, बाग्लुङ्ग र प्युठानबाट आएका बाथरोगका बिरामीहरुले शिविरबाट प्रत्यक्ष फाइदा लिएका छन् ।

शिविरमै विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण तथा निशुल्क रगत जाँच गर्न पाएकोमा ग्रामीण भेगबाट आएका सेवाग्राहीहरु हर्षित बनेका थिए । शिविरमा आएका अधिकांशमा हड्डी खिइएको, हात खुट्टा झमझमाउने, पोल्ने र नशाको लक्षण भेटिएको नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौंका वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर बिनित बैद्यले बताए ।

बाथरोग लागेको लक्षण देखिएको तीन महिनामै उचित उपचार पाए निको हुने उनले बताए । गाउँमा हात खुट्टा दुखे खानामा दोष दिने वा गाउँले उपचार खोज्ने प्रवृत्तिले अधिकांश फसेकाले छिटो उपचार गरे निको पार्न सकिने बैद्यको भनाइ छ ।

बैद्यले पहाडमा दौडधुप धेरै गर्ने, ठुलो भारी बोक्ने, आराम नगर्ने र खानामा ख्याल नगर्ने गरेकोले धेरैमा हड्डी खिइने समस्या धेरै रहेको बताए । नेशनल बाथरोग सेन्टरले पछिल्लो समय वेवबेस क्लिनीक सेवा समेत सुरु गरेको छ ।

शुभलक्ष्मी फर्माको आयोजनामा सञ्चालित शिविरमा नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौंका वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर बिनित बैद्य लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।

गुल्मी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुलाई बाथरोगको पहिचान र सुरुवाती उपचारको बिषयमा नेशनल बाथरोग सेन्टरका बिशेषज्ञ डाक्टर बिनित बैद्यसहितको टोलीले प्रशिक्षण समेत दिएको थियो ।श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment