उपचार गर्न प्रधानमन्त्री ओली अमेरिका जाने, स्वास्थ्यमा देखियो यस्तो समस्या

उपचार गर्न प्रधानमन्त्री ओली अमेरिका जाने, स्वास्थ्यमा देखियो यस्तो समस्या

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन् । विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लागे पनि दुवैको उद्देश्य प्रमको स्वास्थ्यबारे परामर्श गर्नु नै भएको बालुवाटार स्रोतले जनाएको छ ।

मिर्गौला प्रत्यारोपणका अनेक विधि छन् । भएकै मिर्गौलालाई नचलाई छेउमा अर्को मिर्गौला राख्न सकिने उपायबारे पनि सल्लाह भइरहेको बताइन्छ । पुँजी विकास बचत तथा सहकारी न्युरोडका अध्यक्ष तथा नेकपा कार्यकर्ता श्याम श्रेष्ठ (पुरानो घर सिन्धुपाल्चोक, हाल बौद्ध निवासी(ले आठ वर्षअघि दिल्लीको मेदान्त अस्पतालमा प्रत्यारोपण गराएपछि उनको शरीरमा ४ वटा किड्नी छन् ।

सिंगापुरमा मिर्गौला प्रत्यारोपणसम्बन्धी कानुनी कानुनी जटिलता रहेका कारण त्यहाँको विकल्प अब टरेको बताइन्छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि कि बैंकक कि दिल्ली नै जानुपर्ने अवस्था छ ।

अगष्ट ३१ तारिखमा नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले ‘हजुरको उपचार पहिला भारतमा भएको, स्वाथ्यसम्बन्धी विवरण पनि उतै भएका कारण सबै व्यवस्था मिलाउँछौं’ भनी आफ्ना प्रधानमन्त्रीको सन्देश सुनाएका थिए । अघिल्लो महिना नेपाल आएका राष्ट्रपति सि चिनफिङले पनि यसबारे चासो राख्दै चीनमै उपचारका लागि निम्ति स्वागत गर्न तयार रहेको बताएको स्रोतको दावी छ । तर, सबै कुराको विचार गर्दा अमेरिका नै सर्वोत्कृष्ट विकल्प हुने ठानिएको छ ।श्राेत tajakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment