५ वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै शिल्पा र छविविरुद्ध बहुविवाहको मुद्धा दर्ता

५ वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै शिल्पा र छविविरुद्ध बहुविवाहको मुद्धा दर्ता

काठमाडौँ : अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध बहुविवाहको मुद्धा दर्ता भएको छ ।

अभिनेत्री पोखरेल र निर्माता ओझाविरुद्ध जनही पाँच वर्ष कैद र पचास हजार जरिवाना माग गरि काठमाडौं जिल्ला अदालतमा बहुविवाह मुद्दा दायर गरिएको हो ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबारअभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि मुद्दा दर्ता भएको रहस्य खुलेको हो ।

फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पाटनमा अभिनेत्री पोखरेलले दायर गरेको रिट निवेदनमा जिल्लाको सदर गरेपछि सर्र्वोच्च अदालतमा वारेसमार्फत रिट निवेदन दर्ता गरेकी थिइन् । सो निवेदन मंगलबार खारेज भएको छ ।श्राेतbigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment