परिक्षामा फेल भएको निहुँमा छात्रालाई चौरमा राखी पाइपले हानेर बनाइयो घाइते …

परिक्षामा फेल भएको निहुँमा छात्रालाई चौरमा राखी पाइपले हानेर बनाइयो घाइते …

काठमाडौँ : परिक्षामा फेल भएको निहुँमा शिक्षकले कुटपिट गर्दा एकजना छात्रा घाइते भएकी छिन्।

दोस्रो त्रैमासिक परीक्षामा अनउत्तिर्ण भएको भन्दै विराटनगर महानगरपालिका-४ राजवंशी चोकमा अवस्थित अर्पण स्कुलका शिक्षक निमेष बस्नेतले कक्षा ८ मा अध्ययनरत बूढीगंगा गाउँपालिका २ टंकीसिनवारी घर भएकी रोश्नी भण्डारीलाई पाइपले कुटपिट गरेका हुन् ।

सोहि स्कुलका संचालकसमेत रहेका बस्नेतले कमजोर पढाई भएकै कारण स्कुलको मैदानमा लगेर पाइपले निर्घात कुटपिट गर्दा रोश्नीको शरीरको पछाडि कम्मर मुनीको भागमा चोट लागेको पारिवारिक स्रोतबाट खुल्न आएको छ।

विज्ञान, स्वास्थ्य र भोकेसनल विषयमा फेल भएको निहुँमा शिक्षकले सोमबार दिउँसो आफूलाई कक्षाकोठाबाट निकाली कुटपिट गरेको पिडित छात्राले बताईन। पिडित बालिकाकी आमाका अनुसार शिक्षकको कुटपिटबाट रोश्नीको शरीरको पछाडि कम्मर मुनीको भागमा चोट लागेको छ भने उनलाई बस्न र सुत्न समेत पिडा भइरहेको छ।

पिडित छात्राका परिवारले सो घटनाबारे स्कुलका प्रिन्सिपल सुवास विष्टलाई जानकारी गराएपछि तर्साउनका लागि कुटपिट भएको स्वीकार गर्दै त्यसो नगर्न सबै शिक्षकहरुलाई सुझाव दिईसकेको बताए। घाइते बालिकाको कोसी अस्पतालमा उपचार गरेको बताइएको छ।श्राेतbigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment