मलेसियामा एक नेपालीको ज्यान….

मलेसियामा एक नेपालीको ज्यान

काठमाडौँ – म्यानपावर र कम्पनीको लापरवाहीले मलेसियामा एक नेपालीको ज्यान गएको छ। ज्यान गुमाउनेमा पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बु रहेका छन्।

समयमै उपचार नपाएको कारण यमबहादुरको ज्यान गएको बताइएको छ। प्राप्त जानकारी अनुसार यमबहादुर दुई महिना अगाडी मात्रै वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेका थिए।

अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा ज्यान गएको उनका आफन्त होम राई मगरले जानकारी दिए । काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मलेशियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु मलेशिया दुई महिना अघिमात्रै पुगेका थिए ।

मलेशिया पुगेदेखि नै बिरामी बयम्बुको उपचारमा म्यानपावर र कम्पनीले समयमा नै चासो नदेखाउँदा ज्यान गएको मृतककी बहिनी कान्तिसरा बयम्बुले बताए ।

बयम्बुको उपचारका लागि परिवारबाट रु एक लाख २० हजार रकम पठाएको तर समयमा नै म्यानपावर र कम्पनीले उपचारमा ध्यान नदिएको कान्तिसराले गुनासो गरे ।

काठमाडौँको रिजा ओभरसिसकी सञ्चालक पुनम श्रेष्ठले आफूले उपचारका लागि पहल गरे पनि सम्भव नभएको बताएका छन् । पारिवारको लालनपालन, घरायसी गुजारा चलाउन रोजगारका निम्ति मिठो सपना बोकेर बयम्बु मलेशिया पुगेका थिए । उनको परिवारमा बुबाआमा, श्रीमती, दुई छोरा र एक छोरी छन् ।श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment