पाँच वर्षसम्म नगरकोट सडकको काम नसकेपछि भाइरल भए प्रचण्डका घरबेटी …

काठमाडौँ : समयमै सडक कालोपत्रे नगरेपछि भक्तपुरका जनताले ठेकेदारको विरोध गरेका छन् । भक्तपुरको कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्मको सडक कालोपत्रे नगरेपछि स्थानीयले सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको विरोध गरेका हुन् । २०७३ असार ४ गते सम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्म १५.६६० किलोमिटरको सडक स्तरोन्नतिको काम हालसम्म सम्पन्न नभएपछि नगरकोटबासीले ठेकेदार अधिकारीको तस्बिर बिजुलीका पोल ,गाडी लगायत विभिन्न स्थानमा टाँसेर भाइरल गराएका हुन् । सैलुङ एआइपिएल जेभीसँग २०७१ असार २ गते १ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको सडक स्तरोन्नतिको काम नहुँदा दैनिक नगरकोट जाने स्थानीय र पर्यटकका लागि असहज भएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । संसदको विकास तथा प्रविधि समितिले समेत अनुगमन गरि सडकको काम अघि बढाउन दिएको निर्देशनलाई अधिकारीले बेवास्ता गरेपछि स्थानीयले नयाँ तरिकाबाट उनको विरोध गरेको बताएका छन् । पर्यटकीय गन्तव्यको रुपमा समेत चिनिएको नगरकोट जाने पर्यटकको चाप बढ्दै गएपछि सरकारले यसलाई ७ मिटर चौडाईको बनाउन लागेकोमा ठेकेदार काम नगरेपछि यो सडक स्तरोन्नतिको काम अलपत्रमा परेको हो । सैलुङ कन्स्ट्रक्सनका प्रमुख अधिकारी नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी हुन् ।

काठमाडौँ : समयमै सडक कालोपत्रे नगरेपछि भक्तपुरका जनताले ठेकेदारको विरोध गरेका छन् ।

भक्तपुरको कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्मको सडक कालोपत्रे नगरेपछि स्थानीयले सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको विरोध गरेका हुन् ।

२०७३ असार ४ गते सम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्म १५.६६० किलोमिटरको सडक स्तरोन्नतिको काम हालसम्म सम्पन्न नभएपछि नगरकोटबासीले ठेकेदार अधिकारीको तस्बिर बिजुलीका पोल ,गाडी लगायत विभिन्न स्थानमा टाँसेर भाइरल गराएका हुन् ।

सैलुङ एआइपिएल जेभीसँग २०७१ असार २ गते १ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको सडक स्तरोन्नतिको काम नहुँदा दैनिक नगरकोट जाने स्थानीय र पर्यटकका लागि असहज भएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।

संसदको विकास तथा प्रविधि समितिले समेत अनुगमन गरि सडकको काम अघि बढाउन दिएको निर्देशनलाई अधिकारीले बेवास्ता गरेपछि स्थानीयले नयाँ तरिकाबाट उनको विरोध गरेको बताएका छन् ।

पर्यटकीय गन्तव्यको रुपमा समेत चिनिएको नगरकोट जाने पर्यटकको चाप बढ्दै गएपछि सरकारले यसलाई ७ मिटर चौडाईको बनाउन लागेकोमा ठेकेदार काम नगरेपछि यो सडक स्तरोन्नतिको काम अलपत्रमा परेको हो । सैलुङ कन्स्ट्रक्सनका प्रमुख अधिकारी नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी हुन् ।श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment