चितवन जिल्ला अदालतले संचारकर्मी रवि लामिछानेसहित तीनजना विरुद्धको मुद्धामा दुई चिकित्सक सहित पाँच जनालाई बकपत्रका लागि झिकाउन आदेश दिएको छ ।
जिल्ला न्यायधिश हेमन्त रावलको इजलासले हिजो (बुधबार) पत्रकार शालिग्राम पुडासैनीको पो’स्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सकसहित पाँच जनालाई बकपत्रका लागि अदालतमा झिकाउन आदेश दिएको हो । यसअघि अदालतले आदेश दिँदा पनि अनुपस्थित भएपछि पुनः अदालतले अर्को आदेश दिएको हो ।
लामो समयपछि यस मुद्धाको आज पेशी तोकिएको थियो । अब आउँदो मंसिर २२ गते अर्को बकपत्र भएपछि थप प्रक्रिया अघि बढ्ने छ । यसअघि चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी प्रकरणको अभियोगमा मुद्दा चलाइएका रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा र अर्की अभियुक्त अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।श्राेत etajakhabar