सगरमाथा पुग्न ५० मिटर मात्र बाँकि हुँदा श्रीमतीको निधन

सगरमाथा पुग्न ५० मिटर मात्र बाँकि हुँदा श्रीमतीको निधन

 

सगरमाथाको चुचुरोमा पुग्नै लाग्दा पत्नीको अक्सिजन सिलिण्डर रित्तियो । स्वास फेर्न कठिन भएपछि पुक्लुक्क ढलिन् । पतिले बचाउन प्रयास गरे तर सकेनन् । शिखरभन्दा ५० मिटर तल पत्नीको निधन भयो । पतिले बोलाउँदा बोलिनन् । पतिले हेर्दाहेर्दै प्राण गयो । १५ मिनेट जति श व छेऊ बसे । अन्तमा उनका गाइड शेर्पाले लामो समय बसिरहे अक्सिजन सकिएर पतिको पनि ज्या न जाने बताए । पति पत्नीको श व नाघेर चुचुरोतर्फ उक्ले ।

पत्नीवियोग छातिभित्र दबाएर सगरमाथाको चुचुरोमा पुगेका पति हुन् भारतका शरद कुलकर्णी । सगरमाथाको चुचुरोमा पुग्न लागेको लाइनले उद्दार समेत ढिलो भयो । इन्डियन एक्सप्रेसका अनुसार कुलकर्णी दम्पत्तिले पाँच वर्ष यता सगरमाथाको चुचुरोमा पुग्न तयारी गर्दै आएका थिए ।

पति पत्नी दुवैको सगरमाथाको चुचुरोमा पुग्ने सपना पूरा भएन । शरद चुचुरोमा पुगे, अञ्जली ५० मिटर नजिक मात्र पुग्न सकिन् । शेर्पा गाइडले तानेर नलगेको भए शरद पनि जिवित फर्कने सम्भावना कमै थियो । चुचरोमा पुग्ने भीडका कारण भएको अलमलले उनको अक्सिजन सकिदै थियो । अक्सिजन सकिएकैले अञ्जलीको चुचुरो नजिकै ज्या न गयो ।अञ्जलीको श व निकालेर भारत पु¥याउन सात दिन लाग्यो ।

सगरमाथा :
सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर (२९,०२८ फिट) छ । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो । पछि सन् १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् । यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।

प्रथम आरोहण :

सन् १९५२ को ग्रीष्म ऋतुमा स्वीस नागरिकहरूलाई सगरमाथा आरोहण गर्ने स्वीकृति दिएपछि सन् १९५३ सम्ममा बेलायती नागरिकहरूलाई सफल आरोहणको लागि अन्तिम मौका दिइएको थियो । सन् १९५४ मा फ्रेन्च नागरिकहरूलाई र सन् १९५५ मा स्वीस नागरिकहरूलाई आरोहण अनुमति दिइएको थियो । बेलायती हिमालयन समितिले उच्च पहाड एवम् हिमाल चढाइमा कीर्तिमान प्राप्त गरेका एक सेना अधिकृत जोहन हन्टलाई समूह नेताको (टिम लिडर) रूपमा नियुक्त गरेको थियो । उनले नेतृत्व गरेको समूहले सन् १९३६ मा सगरमाथाको साहसिक यात्रामा सफलता हासिल गर्न सकेन ।

हन्टको समूह ठूलो थियो । सिपटनका साथमा सन् १९५२ मा चढेका मानिसहरू पनि त्यहा समावेश भएका थिए । उक्त समूहमा जर्ज व्याण्ड, टम वोर्र्डिन, चार्लस्, अल्फ ग्रेगरी, एडमण्ड हिलारी, जर्ज लोवे, माइकल वार्ड, टिम डाक्टर, मिखाइल वेष्टमाकोट र चार्लस वाइली समावेश भएका थिए । त्यसैबेला जेम्स मोरिसले पत्रिकाको लागि समाचार लेख्ने र टम स्टोवर्टले त्यस कार्यको फोटो खिच्ने कार्य गरेका थिए । तेन्जिङ्लाई शेर्पाहरूको सरदार भै आरोहण समूहमा समावेश हुन निमन्त्रणा गरिएको थियो । त्यस साहसिक यात्राका क्रममा आधार शिविरदेखि ल्होत्सेको मोहडासम्म पंक्तिबद्ध रूपमा शिविर स्थापना गरिएका थिए । उक्त यात्रामा दुई प्रकारका अक्सिजन उपकरणहरू प्रयोगमा ल्याइएका थिए । मे २६ मा विहान ७ बजे वोर्डेलो र इभान्स दुवैजना हन्ट एवम् नामग्याल शेर्पाको साथमा खोंचबाट शिविरतर्फ प्रस्थान गरे । वोर्डेलो र इभान्सले सुरूमा राम्रो प्रगति गरे पनि हिउँ र अक्सिजन सेटको कारणले आरोहणमा ढिलाई भयो ।

अन्त्यमा उनीहरूको प्रयास सफल भएन र तल झरे । २८ मे को दिन हिलारी र तेन्जिङ् लोवे एवम् आङनिमाको सहयोगमा नवौं शिविरमा पुगे । मे १९ को विहान ६.३० मा हिलारी र तेन्जिङ् माथि चढन सुरू गरे । दक्षिणी चुचुरोमा पुग्नुभन्दा अगाडि हिमपातका कारणले यात्रामा अवरोध आयो । यो अवस्थामा हिलारी त्रसित भए । एकातिर माथिबाट हिउाको पहिरो आइ ज्यान लिने स्थिति थियो, अर्कोतिर सगरमाथा शिखरमा पुग्ने एकमात्र मौका गुमाउन नहुने अवस्था थियो । उनीहरू विहान ९ बजे भिराले चढेर दक्षिणी टाकुरामा पुगिसकेका थिए । अन्तिम पर्वतधार चढन कठिन देखिन्थ्यो तर पनि उनीहरू धैर्यका साथ अगाडि बढे । यो नै अहिलेका प्रसिद्ध हिलारीको जटिल खुडकिलो थियो । त्यसपछि तेन्जिङ् र हिलारी सजिलैसाग शिखरमा पुगे । केहीबेरको आराम पछि बधाइको आदान प्रदान भयो । तेन्जिङ्बाट हिलारीले शिखरको फोटो लिए र मालोरी एवम् इरभाइनको सङ्केतका लागि उत्तरतिर चिहाए ।श्राेत etajakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment