करेन्टले लियो दाजु-भाइको ज्यान

करेन्टले लियो दाजु-भाइको ज्यान

मजदुरीका लागि आएका दुई श्रमिकको करेन्ट लागेर निधन भएको छ। म्याग्दे गाउँपालिका- २ मा स्वाथ्यचौकीको भवनमा मार्वल घोट्ने क्रममा करेन्ट सर्ट भएर दुई भारतीय श्रमिकको ज्या’न गएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

निधन हुनेमा भारतको बेतिया जिल्लाका २५ वर्षीय सागर आलम र २२ वर्षीय आजाद आलम रहेको प्रहरीले जनाएको छ। ज्या’न जाने दुवै दाजुभाइ भएको खुलेको छ। दाइ सागर र भाइ आजाद बिहानैदेखि मार्वल घोट्ने काममा संलग्न थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

काम निरीक्षणका लागि बिहान ११ बजे घटनास्थल पुगेकी स्थानीय एक महिलाले दुवैलाई अचेत फेला पारेकी थिइन्। लगत्तै दमौली अस्पताल ल्याइएका दुवैलाई चिकित्सकले मृ’त घोषणा गरेका हुन्।

वडा कार्यलयको स्वास्थ्य चौकीको भवनमा काम गर्ने बेला मेसिन सर्ट भएर कन्टेर लाग्न सक्ने अनुमान गरिएको वडाअध्यक्ष चन्द्रबहादुर रानाले बताए।

काम गर्ने ठाँउ सुनसान रहेको र दुईजना मात्र रहेको बेला करेन्ट लागेकाले घटना ढिला गरी थाहा भएको रानाले बताए। मृ’तकको श’व पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ। ठेकेदारमार्फत् आफन्तसँग सम्पर्कको प्रयास भएको प्रहरी उपरीक्षक सिलवालले बताए।श्राेत etajakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment