सामाजिक सुरक्षा योजनामा समावेश भएका सबैले पेन्सन पाउने…

सामाजिक सुरक्षा योजनामा समावेश भएका सबैले पेन्सन पाउने…

 

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’ विषयक अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिष्टले हरेक नेपाली नागरिकको जीवनलाई सहज बनाउन सामाजिक सुरक्षा योजनाको सुरुवात गरिएको बताउदै सबै नागरिकको भविष्य सुखमय बनाउने बताएका हुन् ।

मन्त्री विष्टले समस्या परेको अवस्थामा राहत उपलब्ध गराउन सामाजिक सुरक्षा योजना ल्याइएको उल्लेख गर्दै सो योजनामा ढिलाई नगरी समावेश हुन् सबैलाई आग्रह समेत गरेका छन् । उनले सामाजिक सुरक्षा योजनाले सबै नागरिकको जीवनलाई सुखमय बनाउने बताउदै सो योजनामा समावेश भएका सबै नागरिकलाई सरकारले पेन्सनमार्फत् सहायता दिने बताए ।

सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाले नागरिकको सुरक्षित भविष्यका लागि पेन्सनको व्यवस्था समेत गर्ने मन्त्री विष्टको भनाई थियो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबाट श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चार किसिमका सुविधा पाउनेछन् । सो योजनामार्फत श्रमिकको दुर्घटना, आश्रित परिवारको हेरचाह र वृद्धावस्थाको सुरक्षामा योजना निकै लाभदायी हुने विश्वास लिइएको छ ।

सरकाले ‘नयाँ युगको शुरूआत’को संज्ञा दिएको समाजिक सुरक्षा योजनामा सहभागी हुनको लागि श्रमिक र रोजगारदाताले निश्चित रकम कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment