ट्राफिक नियम नमान्ने चालकलाई भोलिपनि खादा ओढाएर सम्मान गरिने …

ट्राफिक नियम नमान्ने चालकलाई भोलिपनि खादा ओढाएर सम्मान गरिने …

काठमाडौँ : प्रहरीले शुक्रबार एक अनौठो तरिकाबाट ट्राफिक नियम पालना गर्न चालकहरुलाई सचेत गराएको छ ।

अरु दिन ट्राफिक नियम उल्लङ्घन गर्दा लाइसेन्स वा ब्लुबुक लिएर चिट काट्ने प्रहरीले शुक्रबार खादा ओढाई , फूलका गुच्छा दिएर सम्मान गरेका तस्बिरहरु सामाजिक संजालमा भाइरल भएका छन् ।

आबुखैरेनी-गोरखा सडकको १२ किलो बजारमा एक कार्यक्रमको आयोजना गरि ट्राफिक प्रहरीले नयाँ तरिकाले ट्राफिक नियम पालना गर्न चालकलाई सचेत गराएको हो । सडकमा लागू गरिएका ट्राफिक नियाम पालना गर्नु आफ्नै भलाईका निम्ति भन्ने पाठ सिकाउन बिहिबार सो अभियान चलाइएको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

ट्राफिक नियम पालना नगर्ने चालकलाई आज खादा ओढाई , फूलका गुच्छा दिइएकोमा भोलि खादामात्र ओढाउने र केहिदेखि पछि कारबाही सुरु गर्ने उनको भनाइ छ ।

यो अभियानले सवारी साधन चलाउदा ट्राफिक नियमको पालना गर्न चालकहरुलाई प्रेरित गर्ने ट्राफिक प्रहरीको बुझाई छ । हरेक चालकले, नियम पालन गरेर सवारी चलाउँदा मात्र दुर्घटनाको जोखिम कम हुन्छ भन्नेबारे बुझ्न जरुरी रहेको एसपी अधिकारीले बताए ।श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment