मोटरसाइकलको स्वरूप परिवर्तन गर्नेलाई आजबाट कारबाही सुरु …

मोटरसाइकलको स्वरूप परिवर्तन गर्नेलाई आजबाट कारबाही सुरु …

काठमाडौँ : ट्राफिक प्रहरीले मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र ठूलो आवाज बनाएर चलाउने चालकलाई कारबाही सुरु गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गरि मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही तरिकाले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएको उल्लेख गर्दै कारबाही गर्ने बताएअनुसार आजबाट सो नियम लागू गरेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार स्वरूप परिवर्तन गर्ने र ठूलो आवाज बनाएर चलाउने चालकलाई कारबाही गरिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

मोटरसाइकलको साइलेन्सरलाई मोडिफाई गरि आवाज ठूलो र परिवर्तन गराउने मोटरसाइकललाई उपत्यकासहित बाहिरी सडकमा समेत कारबाही गरिने ढकालले बताए ।

मोटरसाइकलहरुबाट निस्कने ध्वनीका कारण बाटोमा हिँड्नेहरु तर्सिने र अन्य सवारीलाई समेत असर पुग्ने गरेको निस्कर्ष सहित यो अभियान संचालन गरिएको महाशाखाले जनाएको छ ।श्राेतbigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment