‘व्याक अफ इण्डिया’ र ‘व्याक अफ चाइना’ भन्नेलाई माइतीघरमा प्रहरीको लाठीचार्ज, विद्यार्थी नेता शाह र शेर्पा सहित ९ घाइते

‘व्याक अफ इण्डिया’ र ‘व्याक अफ चाइना’ भन्नेलाई माइतीघरमा प्रहरीको लाठीचार्ज, विद्यार्थी नेता शाह र शेर्पा सहित ९ घाइते

लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निकालेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।

प्रहरीको कुटाइबाट घाइते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा सात टाँका लगाइएको सङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिनुभयो । पक्राउ पर्ने विद्यार्थी नेताहरुमा नवराज त्रिपाठी, मनिस सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दीपेश ओली रहेका उहाँले बताउनुभयो ।

लिम्पियाधूरा, लिपुलेख र कालापानी नेपालको अखण्ड भूमि रहेको उल्लेख गर्दै प्रदर्शनकारीहरुले लिपुलेखलाई भारत र चीनले दुई पक्षीय नाका बनाउन खोज्नु बेईमानी भएको बताउनु भएको थियो।

प्रदर्शनको अगुवाई गर्ने शाहले २०७२ जेठ १ गते भारत र चीनले बेइजिङमा गरेको सन्धि खारेज हुनु पर्ने बताउनु भयो । उहाले नेपाललाई बाहिर राखेर नेपालको भूमीको बारेमा गरिएको सन्धि नेपाललाई स्वीकार्य नहुने बताउनु भयो । शाहले नेपालका सम्पूर्ण राजनीति दलले सीमा बिबादको निकास खोज्न सरकारलाई जिम्मेवारी दिएपनि २ तिहाईको बलियो सरकार भाषणबाजीमा मात्र व्यस्त रहनु राष्ट्रघात भएको बताउनु भयो।

पक्राउ परेकालाई तत्काल रिहा नगरे प्रहरी प्रशासन विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी काफ्लेले दिनुभयो । राष्ट्रियताका सवालमा नेविसङ्घले कसैसँग कहिल्यै सम्झौता नगर्ने भन्दै काफ्लेले भारतीय विस्तारवाद विरुद्धको आन्दोलन जारी रहने बताउनुभयो ।श्राेतetajakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment