अब सेवाग्राहीलाई दु:ख दिए कर्मचारीको तलब कट्टा गरिने …

अब सेवाग्राहीलाई दु:ख दिए कर्मचारीको तलब कट्टा गरिने …

काठमाडौँ : सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि–नोक्सानी पु¥याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जनको प्रस्ताव गरिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।

सरकारले प्रस्तुत गरेको मूल विधेयकमा प्रारम्भिक छलफलपछि उक्त व्यवस्था थप गर्ने गरी मस्यौदा तयार पारिएको छ । विभागीय मन्त्री, सचिव तथा समितिको छलफलमा आएको रायअनुसार उक्त व्यवस्था थप गर्न प्रस्ताव गरिएको हो । विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ ।

विधेयकका सम्बन्धमा सर्वपक्षीय छलफलको प्रारम्भिक मस्यौदा प्रतिवेदन अहिले समितिमा दफाबार छलफलमा छ । मूल विधेयकको दफा ९० पछि उक्त व्यवस्था थप गर्न प्रस्ताव गरिएको हो । प्रस्तावित व्यवस्थाअनुसार सेवाग्राहीलाई के कस्ता कामले हानि हुने भन्ने विषय भने मौन छ तर विभिन्न चार आधारमा भने १० दिनसम्मको तलब कट्टी गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको हो ।

“देहायको कुनै अवस्थामा निजामती कर्मचारीको १० दिनको तलब कट्टा गर्ने सजाय गर्न सकिने छ,” प्रारम्भिक छलफलपछिको मस्यौदा प्रतिवेदनमा भनिएको छ, “सेवा प्रवाहको सन्दर्भमा सेवाग्राहीलाई हानि–नोक्सानी हुने अवस्था सिर्जना गरेको पुष्टि भएमा, सरकारी सम्पत्तिको नियतवश हानि–नोक्सानी, दुरुपयोग वा लापरबाही गरेमा ।”

यस्तै प्रतिवेदनमा सेवाग्राही र अन्य कर्मचारीलाई दुव्र्यवहार गरेमा पनि तलब कट्टा गर्न सक्ने प्रस्ताव गरिएको छ । कार्यसम्पादनसम्बन्धी आफूभन्दा माथिल्लो तहमा प्रस्तुत गर्नुपर्ने फाइल, जानकारी तथा सूचना पेस गर्न ढिलासुस्ती गरे पनि तलब कट्टा गर्न सकिने प्रस्ताव छ ।श्राेतbigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment