आलमको धम्की : भारतबाट मान्छे बोलाऊँछु , अब आगो बल्छ …

आलमको धम्की : भारतबाट मान्छे बोलाऊँछु , अब आगो बल्छ …

काठमाडौँ : रौतहट ब’म काण्डको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद आफताव आलमले प्रहरीलाई धम्क्याएको खुलासा भएको छ ।

पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा ज’लाएर ज्यान लिएको आरोप लागेपछि पक्राउ गरेका आलमले पक्राउ गर्न जाने क्रममा प्रहरीलाई भारतबाट मान्छे बोलाएर आगो लगाउने चेतावनी दिएका हुन् ।

आजको एक पत्रिकामा छापिएको समाचारमा रौटहट २ का कांग्रेस सांसद आलमले २ मिनेट २४ सेकेण्ड लामो भिडियोमा भारतबाट मान्छे ल्याएर रौतहटमा आगो लगाउने धम्की दिएको खुलासा भएको हो ।

उनले प्रहरीसँग आफूलाई ठट्टा नठान्न धम्की दिँदै डकैतको व्यवहार गरेको भन्दै जिल्लाभर अशान्ति हुन्छ, आगो लाग्छ भन्ने धम्की दिएका हुन् ।

करिब १२ वर्ष अघिको सो प्रकरणमा मृतकका आफन्तले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा दोषी आरोपित आलमसहित पाँच जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

१२ वर्षअघि चैत्र २७ गते रौतहटको राजपुर फरदहवामा भएको बम विस्फोट काण्डमा संलग्न रहेको आरोपमा प्रतिनिधिसभा सदस्य आलमलाई दोषी करार गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटले सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालत गौरमा मुद्दा दायर गरेकोमा उनलाई गत शुक्रबार पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।श्राेतbigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment