डा. केसीलाई चिसो लाग्यो देखिन थाले विभिन्न समस्या

डा. केसीलाई चिसो लाग्यो, देखिन थाले विभिन्न समस्या

३१ असार, काठमाडौं । डा. केसीलाई चिसो लाग्यो देखिन थाले विभिन्न समस्या जुम्लामा १६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको घाँटीमा संक्रमण देखिएको छ । चिसोका कारण तीन दिनदेखि फेरेन्जाइटिस नामक घाँटीको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।

फेरेन्जाइटिसकै कारण उनको आवाजमा समेत परिवर्तन आएको छ ।उनको रगतमा सेतो कोषिकाको मात्रा कम हुनुका साथै घाँटी दुख्ने, घाटी खसखसाउने, खोकी लाग्ने, पेट दुख्ने, मुटुको चालमा गडबडी हुने, मांसपेशी बाउडिने जस्ता समस्या देखिएको छ । उनको रगतमा म्याग्नेसियमको मात्रा समेत कम हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

डा. केसी निकट डा. विषद दाहालले भने, ‘डा. केसीको अवस्था नाजुक हुँदै गएको छ । उनमा प्रत्येक पटक नयाँनयाँ समस्या देखिँदै गएकोमा अहिले फेरेन्जाइटिस देखिएको छ ।’

फेरेन्जाइटिस विशेषगरी घाँटीको पछाडि रहेको टन्सिल तथा भोकल बक्सबीचको भाग सुन्निएर हुने गर्छ ।

फेरेनजाइटिस भएमा खोकी लाग्ने, रुघा लाग्ने, जीउ दुख्ने, ज्वरो आउने टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने लगायतको समस्या हुने गर्छ ।

फेरेन्जाइटिसको समयमै उपचार नगरे मिर्गौलालाई असर गर्नुका साथै बाथ ज्वरोका कारण मुटुको भल्भमा समेत गभीर असर पार्ने चिकित्सकहरु बताउँछन् ।

 

यस्ताे छ अाेलीले लेखेकाे मन छुने कविता

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment