खेल्दै गरेका ३ वर्षीय बालकको खोलामा डुबेर मृत्यु …

खेल्दै गरेका ३ वर्षीय बालकको खोलामा डुबेर मृत्यु …

काठमाडौँ : खोटाङको खोटेहाङ गाउँपालिका-७ रातामाटाका हिमाल राईको ३ बर्षीय छोरा साहिल राईको खोलामा डुबेर मृत्यु भएको छ ।

सोमवार अपरान्ह साँढे ४ बजेको समयमा खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर बालकको ज्यान गएको ईलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ ।

उक्त स्थानमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि प्राथामिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी जिल्ला सुनसरी ईटहरी उमनपा वडा न. ४ भिरगाउ स्थित वुढी खोलाको पश्चिम किनाराको कास घारीमा कालो सेतो वुट्टे रङको सुरुवाल र पहेलो भेष्ट लगाएको उचाई ४ फिट ११ ईन्च भएको वेवारिसे महिलाको अनुहार, छाती, पेट, हात तथा खुट्टाको पैतलाको भाग र कम्मर घाटीको भागहरु समेत सडी गली उत्तानो अवस्थामा वेवारिसे महिलाको लाश फेला परेको हुँदा कसैले चिन्नु भएमा वा कोही कसैको आफन्त, छर-छिमेकी हराएको भएमा ईलाका प्रहरी कार्यालय ईटहरीमा सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ ।श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment