बुहारीको पद जोगाउन प्रचण्ड लागिपरेको समाचार आएपछि निजी सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति !

बुहारीको पद जोगाउन प्रचण्ड लागिपरेको समाचार आएपछि निजी सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खानेपानी तथा सरसफाइ मन्त्री विना मगरको मन्त्रीपद जोगाउन हरसम्भव प्रयास गरेको समाचार बाहिरिएको प्रति अध्यक्ष प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ।

प्रचण्डको निजी सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा प्रचण्डलाई जोडेर आएका समाचारको भर्त्सना तथा खण्डन गरेको हो।

“हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित / प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ ।”,जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको हुँदा त्यसमा प्रचण्डले कुनै पनि हस्तक्षेप नगर्ने सचिवालयले स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ,”मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । “

यस्तै सचिवालयले पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी दुश्प्रचारको भ्रम छर्न खोजिएको बताउँदै भ्रममा नपर्न सबैमा आग्रह समेत गरेको छ।श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment