काठमाडौं ।फ्रान्सले जित्यो २० वर्षपछि विश्वकप फुटबलको उपाधि क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो ।
फ्रान्सका किपरको गल्तिको फाइदा उठाउँदै मारियोले गोल गरेका हुन् । फ्रान्सका लागि किलियन एम्बाप्पेले खेलको ६५औं मिनेटमा गोल गर्दै ४–१ गोलको अग्रता दिलाएका थिए ।
फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाएका थिए । पोग्बाले प्रहार गरेको बल क्रोएसियाका खेलाडीले रोकेका थिए । दोस्रो पटक प्रहार गरेको बल गोलमा परिणत भएको हो ।
यसअघि पहिलो हाफमा फ्रान्सले २–१ गोलको अग्रता बनाएको थियो । खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गरेका थिए ।
यसअघि क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए ।१–० गोलले पछि परेको अवस्थामा क्रोएसियाले खेलको २८औं मिनेटमा गोल गर्दै बराबरी बनाएको थियो ।
क्रोएसियाका लागि पेरिसिकले उत्कृष्ट गोल गरे । यसअघि क्रोएसियाले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो ।
खेलको १८औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले बचाउने हुदा आत्मघाती गोल गर्न पुगेका थिए । फ्रान्सका एन्टोइनी ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बचाउने हुदा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।
यसरी २० वर्षपछि फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि, क्रोएसिया ४-२ ले पराजित गरी ,