गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा धुर्मुसको चौका र छक्का

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा धुर्मुसको चौका र छक्का

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्रिकेट खेल्न सकिने गरी प्रयोगात्मक ग्राउण्ड निर्माण भएको छ ।

निर्माण कार्य सुरु गरेको एक साता नबित्दै रंगशाला पुगेर क्रिकेट खेल्न चाहानेको लागि ग्राउण्ड निर्माण भएको फाउन्डेसनका अध्यक्ष धुर्मुसले जानकारी दिए । रंगशालामा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएपछि सोही अनुसार पहिलो चरणमा मैदानको काम सुरु भएको हो ।

पहिलो चरण अन्तर्गत मुख्य ग्राउण्डको काम चलिरहेकै बेला अभ्यासका लागि खेल्न सक्ने ग्राउण्डको निर्माण भइसकेको हो ।

यतिबेला मुख्य ग्राउण्डको मोट र ड्रेनऐजको काम अन्तिम चरणमा पुगेको छ । यतिबेला संरचनामा ग्राउण्डाको कामलाई मुख्य प्राथमिक्ता दिएको र केही दिन भित्रमै आरसीसी ढलानको लागि डन्डी बाँध्ने काम सुरु हुने अध्यक्ष धुर्मुसले जानकारी दिए ।

धुर्मुसको अनुसार यसरी मोट र ड्रेनऐजको काम सकेर आरसीसी ढलानको लागि डन्डी बान्ने काम सकेपछि ग्राउण्डको आकार देख्न सकिनेछ ।

मैदानको पिचबाट रेडियस ७५ मिटर कायम गरिएको छ । मापदण्डअनुसारको मैदानका लागि आवश्यक रेडियस सेन्टरबाट ७५ मिटर कायम गरेर लेआउट गरी ड्रेनको काम थालिएको थियो । यसअघि रेडियस सेन्टरबाट ७० मिटर राख्ने योजना भएपनि ७५ मिटरमा काम भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको मापदण्डअनुसारको मैदान र पिच निर्माण गरिनेछ । पिचको स्टाण्डर्ड साइज १० फिट चौडाई र ६६ फिट लम्बाईलाई मानिन्छ ।

झण्डै तीन अर्बको लागतमा बन्ने रंगशालामा ३० हजार जना अट्ने क्षमता हुनेछ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने रंगशालामा क्रिकेट स्टेडियमसँगै फुटवल मैदान, स्वीमिङ पुल र कभर्ड हल बन्नेछ । क्रिकेट स्टेडियममा दुई भीआईपी प्याराफिट रहनेछन् । ती दुई प्याराफिट नेपाली मौलिक कलात्मक हुनेछ ।

बुधबार हामी रंगशाला पुग्दा अभ्यास खेलको लागि निर्माण भइरहेका मैदानमा धुर्मुसले ब्याटिङ गरिरहेका थिए । उनले अभ्यास खेलका लागि निर्माण गरिएको मैदानमा अनुभवको लागि आँफूले ब्याटिङ गरेको बताए ।

रंगशाला भिजिटमा पुगेका केही ब्यक्ति बलिङ गरिरहेका थिए, भने धुर्मूसले ब्याटिङ गरेका थिए ।श्राेतnews24

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment