मरेको कुखुराको मासु खाँदा एकै परिवारका १० जना बिरामी , एकको मृत्यु …

मरेको कुखुराको मासु खाँदा एकै परिवारका १० जना बिरामी , एकको मृत्यु …

 

काठमाडौँ : कुखुराको मासु खाँदा एकजनाको ज्यान गएको छ भने ९ जना बिरामी परेका छन् ।

बैतडीको पुर्चौंडी नगरपालिका २ जरसौंमा मरेको कुखुराको मासु खाँदा एकै परिवारका ९ जना बिरामी परेको र एक जनाले ज्यान गुमाएका हुन् ।
शनिबार साँझ मरेको कुखुराको खाँदा परिवारका सबै सदस्य बिरामी परेकोमा १५ वर्षीया पुष्पा पार्कीको मंगलबार बिहान ज्यान गएको हो ।

सांकेतिक तस्बिर
कुखुराको मासु खाएपछि झाडापाखलालगायतका लक्षण देखिएको र उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लागिएको भएपनि त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि हाट स्वास्थ्यचौकीमा लगेको बताइएको छ ।

कुखुराको मासु खाएर बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीय जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीय सपना पार्की रहेका छन् ।श्राेतbigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment