विदेशी नम्बर जस्ताे देखिने अज्ञात फोन नउठाउनुस् : नेपाल टेलिकम

विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउनुस् : नेपाल टेलिकम

काठमाडौं– विदेशी नम्बर जस्ताे देखिने अज्ञात फोन नउठाउनुस् : नेपाल टेलिकम

नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ। शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ।यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा चासो समेत व्यक्त भइरहेका बेला टेलिकमले आइतबार उक्त कल रिसिभ नगर्न आह्वान गरेको हो।जुन देशमा टेलिफोन शुल्क महंगो हुन्छ ति देशहरुमा पैसा कमाउनका लागि अन्धाधुन्ध नम्बर मिलाएर फोन गर्छन’, टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्– ‘त्यस्तो नम्बरमा कलब्याक गर्दा कल ट्रयाक हुने र सो हुँदा पैसा उनीहरुको खातामा ट्रान्सफर हुन्छ। त्यस्तो नम्बर नउठाउन र कल ब्याक नगर्न अनुरोध गर्दछौं।’

 

विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउनुस् : नेपाल टेलिकम

उनकाअनुसार टेलिकमले त्यस्ता आगमन कल निषेध गरिसकेको छ भने अज्ञात विदेशी नम्बरमा कलब्याक नगर्न बारम्बार सचेत गराउँदै आएको छ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment