मैले पनि मन्त्री र सचिवसँग घुस लिन्छु भनेको सुनियो : प्रधानमन्त्री

मैले पनि मन्त्री र सचिवसँग घुस लिन्छु भनेको सुनियो : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले घुसको चलखेल गर्ने गरेको भन्ने सुन्दा अच्चमित भएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहिबार मन्त्रिपरिषद्का सदस्य र सचिवलाई मन्त्री र सचिवहरुले ठेक्कापट्टा, त्यसको स्वीकृति, निकासा र भेरियसन अर्डर लगायतका काममा प्रधामन्त्रीलाई पनि घूस दिनुपर्छ भन्ने गरेको आफूले सुनेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवहरुलाई लेनदेनमा कार्यसम्पादन नगर्न निर्देशन दिँदै आफ्नो नाम समेत जोडिएको सुन्नमा आएको बताए । ‘मैले पनि सुन्ने गरेको छु, मेरो पनि नाम जोडिन्छ भनेर। प्रधानमन्त्रीलाई नै हिस्सा (घूस) चाहिन्छ, भन्ने कहीँकतै परेको छ भने त्यसप्रकारको भ्रम नपरोस्’ उनले भने, ‘प्रधानमन्त्रीले माग गर्छ, मन्त्रीले माग गर्छ भनेर त्यस्तो कसैले गर्छ, तपाईँ (मन्त्री र सचिव)हरुले चलखेल गर्नुहुन्छ भने त्यो नीति विपरीत हो।’

उनले सबै मन्त्री र सचिवहरुलाई पैसाको चलखेल नगर्न निर्देशन दिँदै त्यसो गरेको भेटिएमा निगरानी गरेर कडा कारबाही गर्ने चेतावनी दिए । गरिब देशको मन्त्री भएर धेरै सुविधा खोज्न नहुने भन्दै प्रधानमन्त्री ओलीले अनियमितता र भ्रष्टाचार नगर्न भनेका हुन् ।

अर्को प्रसङ्गमा ओलीले नेपाल-भारतबिचको सिमा समस्या समाधान गर्न कुटनीतिक पहल अघि बढिसकेको जानकारी गराएका थिए । अहिले नयाँ शिराबाट कालापानी, लिपुलेक, लिम्पियाधुराका कुरा उठेका छन्”, उनले भने, “त्यो हाम्रो भूमि हो । तथ्य प्रमाणले हाम्रो भूमि भनेर देखाउँछ ।” उहाँले सयौँ वर्षदेखि त्यसमा ध्यान नजाँदा नेपालको त्यो भूमि भारतले दाबी गरेको बताए ।

“हामी कहिले सिमानामा चिप्लियौँ । हामी आफैँ पनि चिप्लियाँै, कहिले हामी आफैँ पनि नक्शामा चिप्लियौँ । कहिले बोल्न नसक्ने हीनगन्थ्रीबाट ग्रस्त भयौँ । यस्ता अवस्थाबाट अहिले देश माथि उठेको छ”, प्रधानमन्त्री ओलीले भने,“अब यसलाई गम्भीर वार्ताको माध्यमबाट हामी हाम्रा छिमेकीसँग कुरा गरेर हामीले हाम्रो अधिकार स्थापना गर्छौं । हामी हाम्रो भूमि फिर्ता लिन सक्छौँ ।”श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment