बीमा कम्पनीले मरेको प्रमाण मागेपछि लास बोकेरै कार्यालयमा

बीमा कम्पनीले मरेको प्रमाण मागेपछि लास बोकेरै कार्यालयमा

जीवन बीमा गर्नुको प्रमुख उद्देश्य भनेकै अकालमा मृत्यु हुँदा परिवारजनलाई आर्थिक रूपमा केही भरथेग होस् भन्नु हो । तर च्याउसरी खुलेका बीमा कम्पनीहरूले ग्राहकबाट प्रिमियम लिइरहने तर बीमा दाबी भुक्तानी गर्नुपर्दाचाहिँ अनेक निहुँ खोज्दछन् ।

बीमा कम्पनीहरूको यस्तो बदमासी केवल हाम्रो देशमा मात्र होइन रहेछ । दक्षिण अफ्रिकामा हालै एउटा अनौठो घटना भएको छ । एउटा बीमा कम्पनीले बिमितको मृत्युपछि बीमा दाबी भुक्तानी गर्न प्रमाण खोजेपछि आफन्तहरू मृतकको लास नै बोकेर बीमा कम्पनीको कार्यालयमा पुगेका छन् ।

समाचार अनुसार ४६ वर्षका सिफिसो जस्टिस म्हेल्गो नामका पुरुषको गत नोभेम्बर ७ का दिन मृत्यु भएको थियो । उनले ओल्ड म्युचुअल नामक बीमा कम्पनीमा आफ्नो जीवन बीमा गराएका रहेछन् । सिफिसोको मृत्युपछि उनको लासको अन्त्येष्टि गरी परिवारजन जीवन बीमाको दाबी भुक्तानी लिनका लागि बीमा कम्पनीको कार्यालय पुगे । तर बीमा कम्पनीले सिफिसो मरेका भन्ने परिवारको भनाइलाई पत्याएन । उनी मरेको भए के प्रमाण छ ? भनेर मृत्युको सबुत मागियो ।

बीमा कम्पनीको त्यस्तो व्यवहारपश्चात् दुःखी भएका परिवारजन घर फर्किए र अन्त्येष्टि गरेर गाडिएको ठाउँबाट मृतकको लास बाहिर निकाले । अनि त्यही लास लिएर बीमा कम्पनीको कार्यालयमा पुगे ।

यो घटनाको भिडियो सोसल मिडियामा भाइरल बनेपछि बीमा कम्पनीको चर्को आलोचना भयो । अन्ततः बीमा कम्पनीले उक्त घटनाप्रति माफी माग्दै परिवारजनको साथमा आफू रहेको बताएको छ । मृतकका परिवारलाई बीमा दाबी भुक्तानी गरिसकिएको पनि उसले जनाएको छ ।श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment