चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणवाट तर्सियो अमेरिका, नेपाललाई पठायो यस्तो पत्र

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणवाट तर्सियो अमेरिका, नेपाललाई पठायो यस्तो पत्र

हालै चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका केही गतिविधि प्रति नेपालले आपत्ती जनाएको छ । नेपालले आफ्नो मुलुकका चिन विरुद्ध कुनै पनि गतिविधि हुन नदिने भन्दै गरेको प्रतिवद्धता प्रति पनि अमेरिकाको आपत्ती छ । नेपालको यस्तो भनाईलाई अमेरिकाले तिब्बती शरणार्थीहरुको मानव अधिकार विरुद्धको कुरा भनेको छ । अमेरिकाले तिब्बती नागरिककको ‘पूर्ण रक्षा’ गर्न आह्वान नेपाललाई गर्दै पत्र समेत पठाएको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका आठ सदस्यले नेपाललाई यस्तो आशयको पत्र लेखेका हुन्

अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीलाई पत्र लेख्दै उनीहरुले चिनिया राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएको सहमति प्रिति आफुहरु शसंकित भएको बताएका छन् । उनीहरुले तिब्बती शरणार्थीहरुलाई चीनमा ‘डिपोर्ट’ नगर्न समेत आग्रह गरेका छन्।

टम लान्टोस ह्युमन राइट्स कमिसनका सहअध्यक्ष जेम्स पी म्याकगभर्न र क्रिस्टोफर एच स्मिथका साथमा इलियट एल एन्जेल, माइकल टी म्याक्कउल, डेविड ई प्राइस, वर्न बुकानन, प्रमिला जयपाल र स्टिभ चाबोटले नोभेम्बर ८ मा नेपाली राजदूतावासलाई सो पत्र पठाएका हुन्।

सेप्टेम्बर ५ मा तिब्बतबाट नेपाल प्रवेश गरेका ६ तिब्बतीलाई चिनियाँ अधिकारीहरुको जिम्मा लगाएको भन्दै अमेरिकाले आपत्ती जनाएको हो । यसबाट नेपालले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी (यूएनएचसीआर) सँगको ‘भद्र सहमति’ उल्लंघन गरेको अमेरिकाको ठहर छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणअघि तिब्बती शरणार्थीको सम्भावित प्रदर्शनलाई रोक्न प्रहरीले तिब्बती नागरिक प्रति धरपकड गरेको भन्दै विरोध जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि तिब्बती शरणार्थीको सम्भावित प्रदर्शनलाई रोक्न प्रहरीले गरेको धरपकडप्रति आपत्ति जनाएका छन्।

त्यस्तै, नेपाल र चीनबीच हुने भनिएको सुपुर्दगी सन्धिप्रति पनि उनीहरुले चासो देखाउँदै नेपाललाई यस्ता सन्धिप्रति सतर्क रहन सुझाव दिएका छन् । राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल र चीनद्वारा जारी संयुक्त वक्तव्यमा सुपुर्दगी सन्धि चाँडै हुने आशा व्यक्त गरिएको उल्लेख भएकामा हामी निरास र चिन्तित भएका छौँ’ पत्रका भनिएको छ ।श्राेत etajakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment