सानै देखि प्रहरी बन्ने सपना देखेका युवाले उचाई नपुगेपछि निकाले यस्तो जुक्ति, प्रहरी अधिकारी पनि छक्क

सानै देखि प्रहरी बन्ने सपना देखेका युवाले उचाई नपुगेपछि निकाले यस्तो जुक्ति, प्रहरी अधिकारी पनि छक्क

काठमाडौं,८ मंसिर । प्रहरीमा भर्ती भएर देशको सेवा गर्छु भन्दै गएका एक युवाले सामान्य बुद्धि नपुर्याउँदा उनको सपना विचैमा भत्किएको छ । प्रहरीमा भर्ति हुन चाहिने न्युनतम योग्यता नपुगे पछि लगाएको एउटा जुक्तिले फेल खाएको छ । प्रहरीमा जान आफ्नो उचाईले नपुगे पछि नक्कली कपाल लगाएर उचाई बढाएका एउटा युवक समातिएका छन् ।

यो घटना नेपालको भने होइन । भारतको महाराष्ट्र राज्यस्थित प्रहरी एकेडेमीमा एक युवकले प्रहरीमा भर्ती हुन प्रयोग गरेको जुक्तिले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । आफुलाई सानै देखि प्रहरीमा जागीर खान रहर भएको बताउने किसन पाटिल नाम गरेका ती १९ बर्षिय युवकले आफ्नो छोटो उचाईका कारण रहर पुरा गर्न पाएनन् । तर पनि एउटा जुक्ति लगाएर रहर पुरा गर्ने कोशिष गरे । तर उनको त्यो जुक्ति फेल खाएको छ । उचाई बढाउन प्रयोग गरेको बाक्लो नक्कली कपाल परिक्षणका क्रममा फेला परेको छ ।

प्रहरीम भर्ती हुन निश्चित उचाई चाहिने भएपछि उनले उचाई नपुग्ने भएका कारण नक्कली कपालको प्रयोग गरेका थिए । अहिले प्रहरीले उनको कपाल उखेल्यको फोटो समाजिक सञ्जालमा भाईरल भई रहेको छ ।

प्रहरीले फिजिकल टेस्टको लागि बोलाउदा हाइट बढाउन टाउकोमा नक्कली कपाल लगाएर परिक्षा दिन पुगेका उनको चलाखि प्रहरीले समातेको छ । प्रहरी अधिकारीलाई उनीमाथी शंका लागेर कपाल समातेर ताने । प्रहरीले त्यसरी उनको कपाल समातेर तान्दा उनको नक्कली कपाल प्रहरीको हातमा आयो । प्रहरी अधिकारीको हातमा कपाल आउदा उपस्थित सबै अचम्ममा परेका छन् । भर्ती प्रक्रियाका इन्चार्ज रविन्द्र सिंघलले किसन नक्कली कपाल लगाएर फिजिकल टेस्ट दिन आएको र चेक जाँचका क्रममा आफुले उनको चलाखी समातेको बताएका छन् ।

भाषाविद् रेग्मीको कृति विमोचन

झर्रोवादी नेपाली साहित्यका अभियानकर्मी तथा भाषाविद् साहित्यकार चूडामणि रेग्मीको २८औँ कृति ‘सखारै सखारै’ निबन्ध सङ्ग्रह शनिबार यहाँ विमोचन गरिएको छ । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा साहित्यकार कोमलप्रसाद पोखरेल, सरोज ओली, यज्ञराज प्रसाईँलगायतले कृतिको संयुक्त विमोचन गर्नुभएको हो ।

विसं २०१२ देखि निरन्तर साहित्यिक यात्रामा लाग्नुभएका रेग्मी हाल ८३ वर्ष पुग्नुभएको छ । नयाँ स्रस्टा उत्पादन गर्ने र तिनीहरूलाई गोडमेल गरेर हुर्काउने रेग्मीले कविता र काव्य दुई, कथा सङ्ग्रह तीन, निवन्ध सङ्ग्रह आठ, हास्यव्यङ्ग्य दुई, समालोचना छ, चार भाषा व्याकरणलगायत अढाइ दर्जन कृति प्रकाशन गरिसक्नुभएको छ ।

रेग्मीलाई झर्रोवादी नेपाली भाषाको अभियन्ताका रूपमा समेत चिनिन्छ । बयोवृद्ध अवस्थामा साहित्य साधनामा निरन्तर लागिरहनुभएका रेग्मीले आफूले देखेभोगेका कुरालाई समेटेर सखारै सखारै निवन्ध सङ्ग्रह निकालेको डा ठाकुरप्रसाद पोखरेलले बताउनुभयो ।

कार्यक्रममा साहित्यकार कोमलप्रसाद रेग्मी, केशव आचार्य, पत्रकार चन्द्र भण्डारीले रेग्मी साहित्यकारलाई हौसाउने र साहित्यमा निरन्तर लाग्न प्रेरणा भर्ने झर्रोवादी नेपाली अभियानका सफल र सक्रिय अभियन्ताको रूपमा दर्ज हुनुभएको बताउनुभयो । भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले प्रकाशन गरेको कृतिको विमोचनमा झापा, इलाम र मोरङका साहित्यकारको सहभागिता रहेको थियो ।श्राेत etajakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment