चितवन मेडिकल कलेजबाट मध्यरातमा बिद्यार्थीले छोडे होस्टेल, ५ जना सुरक्षा गार्डलाई प्रहरीले लियो नियन्त्रणमा

चितवन मेडिकल कलेजबाट मध्यरातमा बिद्यार्थीले छोडे होस्टेल, ५ जना सुरक्षा गार्डलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । चितवन मेडिकल कलेजको होस्टेलमै प्रहरीले स र्ट ग न बरामद गरेसँगै होस्टेलका सबै विद्यार्थीहरु बाहिरिएका छन् । भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित होस्टेलबाट शनिबार रातिनै सबै विद्यार्थीहरु बाहिरिएका जानकारी गराइएको छ ।

करिब तीन सय विद्यार्थीहरु शनिबार राति नौ बजेको समयमा होस्टेलबाट बाहिरिएका हुन् । स र्ट ग न फेला परेसँगै उक्त होस्टेललाई प्रहरीलको टोलीले शनिबार दिउँसोदेखिनै घेरेको थियो ।

यसैबीच असुरक्षा भएको भन्दै सबैजना विद्यार्थीहरु एकसाथ होस्टलबाट राति नै बाहिरिएको एक विद्यार्थीले जानकारी गराए । यसरी होस्टेलबाट बाहिरिएसँगै उनीहरु भरतपुरका विभिन्न होटलमा गएर बसेका छन् । उक्त होस्टेल परिसरमा पेस्तोल (सर्ट गन) केही थान गोलीसहित फेला परेसँगै प्रहरीले होस्टेलभित्र खानतलासीको प्रयास गरेको थियो । होस्टेल परिसर प्रहरीले घेराउ गरेको छ । प्रहरीले होस्टलमा छापा मा रेपछि त्यसको विरोधमा विद्यार्थीले नाराबाजी गर्दै बिरोध गरेका छन् ।

मेडिकल कलेज प्रशासनले लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै चितवन मेडिकल कलेजका विद्याथीहरु निरन्तर आन्दोलनमा छन् । ठूलो संख्यामा रहेका प्रहरीले होस्टललाई घेरा हालेर राखेको विद्यार्थीले बताएका छन् । होस्टलका सुरक्षा गार्डले ह तियार भेटिएको सूचना दिएपछि प्रहरी पुगेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । उनकाअनुसार होस्टलभित्र ९ एमएमको पे स्तोल र त्यसमा लाग्ने दुई रा उण्ड गो ली भेटिएको छ ।

तर पे स्तोल कसको हो र कुन अवस्थामा भेटिएको भन्ने प्रहरीले खुलाएको छैन । विद्यार्थीहरुले भने आन्दोलनरत आफूहरूलाई फसाउने प्रयास भइरहेको बताएका छन् ।

यसै बिच होस्टेल भित्र ह तियार फेला परेपछि प्रहरीले पाँचजना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको छ । कलेजको कम्पाउण्ड भित्रको कर्नरमा पे स्तोल भेटिएपछि सोधपुछका लागि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । होस्टेल परिसर प्रहरीले केहीबेर घेराउ गरेको थियो । सामान्य सोधपुछका लागि सुरक्षा गार्डलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस : महाबौद्ध गुम्बाको मूर्ति चोरी

भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ ९गोप्य दानपेटिका० फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिनुभयो । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उहाँले बताउनुभयो ।

गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । उहाँले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताउनुभयो । बिहान ४ः०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।श्राेतetajakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment