वैज्ञानिकहरुको अनुसार धेरैवर्ष बाच्न र जवान रहनको लागी सखरखण्ड खानु फाइदाजनक

वैज्ञानिकहरुको अनुसार धेरैवर्ष बाच्न र जवान रहनको लागी सखरखण्ड खानु फाइदाजनक

काठमाडौँ । सबै मानिसहरु स्वस्थ रही लामो समयसम्म बाच्न चाहन्छन् । तर हाम्रो खराब जीवनशैली र असन्तुलित भोजनले गर्दा आधा वैसे उमेरमै विभिन्न रोगले सताई मृत्यु हुने गरेको छ । चिकित्सकहरुको अनुसार लामो समयसम्म बाच्नको लागी प्रोटिनयुक्त र बढी काबाडहाईड्रेट भएको खानेकुरा खानुपर्छ ।

त्यो खानेकुरा हाम्रो गाँउघरमा सजिलै पाइने सखरखण्ड वा सुटनी हो । यसमा चिनीको मात्र हुदैन्,जसले अन्धो हुनबाट बचाउनुका साथै तौल नियन्त्रण,मुटुको रोग हुने खतरा ,उच्च रक्तचाप र कोलोस्ट्रोल पनि नियन्त्रण गर्छ ।

यसको गतिलो उदाहरण ओकिनावामा रहेका मानिसहरु हुन् । उनीहरु लामो समयसम्म बाँच्नुको साथै जवान पनि रहन्छन् । किनभने त्यहाँको मुख्य खाना भनेको सखरखण्ड हो ,उनीहरु हामीले जस्तो चामलको खानेकुरा खादैनन् ।

त्यसैगरी बाँदरमाथि गरिएको २० वर्ष लामो अध्ययनमा पनि ३० प्रतिशत कम क्यालोरीवाला खाना दिइएको बाँदरको मृत्युदर घटेको थियो । त्यसैले वैज्ञानिकहरुले सन् १९३० को दशकदेखि धेरै चिकित्सकलाई जति कम क्यालोरी खायो, उत्तिनै तौल नियन्त्रण भई यसबाट धेरै वर्ष बाच्ने र लामो समयसम्म जवान देखिने सल्लाह दिएका थिए ।श्राेत nagariksamchar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment