स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार पुनः ग्राण्डी अस्पताल पुगेका छन् ।

परीक्षणपछि आजै निवास फर्किने योजना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

पछिल्लो समय प्रधानमन्त्रीको मिर्गौलाको नियमित डायलसिस ग्राण्डी अस्पतालमा भइरहेको छ । डायलसिस प्रक्रिया बाहेक अन्य विकल्पको बारेमा समेत प्रधानमन्त्रीका चिकित्सकहरुले छलफल गरिरहेका छन् ।

१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले यसबीचमा दुईपटक सिंगापुर पुगेर उपचार गराइसकेका छन् ।

प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणको विकल्पबारे पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment