महिलाको इज्जत ‘दुई तिघ्रा’को बीचमा लुकेको हुन्छ : डा अरुणा उप्रेती

महिलाको इज्जत ‘दुई तिघ्रा’को बीचमा लुकेको हुन्छ : डा अरुणा उप्रेती

काठमाडौं । महिलाको इज्जत उनका ‘दुई तिघ्रा’ को बीचमा लुकेको हुन्छ । त्यसैले जब पुरुषले बला त्कार गर्छ, महिलाको ‘इज्जत’ लु टिएको ठानिन्छ । तर जुन पुरुषले अप राध गर्छ, उसको ‘इज्जत’ चाहिँ सुरक्षित नै हुन्छ । बला त्कार गरेको पुरुषको ‘इज्जत गयो’ वा ‘इज्जत लु टियो’ भन्ने कहिल्यै सुनिँदैन । महिलाको पवित्रता उनको यो नीसंग गाँसिन्छ । तर पुरुषको इज्जत उसको गुप्ता गसंग नगाँसिनु अचम्म होइन र रु राज्यले महिलालाई भने जसरी भए पनि परिवार र समाजको ‘इज्जत’ बचाउन, आफ्नो यो नीलाई पवित्र राख्नुपर्छ भन्ने सिकाइन्छ ।

त्यही यो नीको पवित्रता जाँच्न रामले सीतालाई अग्निपरीक्षा दिन लगाए, कतै रावणले बला त्कार गरेको छ कि भनेर, अर्थात रावणले सीताको ‘इज्जत’लु ट्यो कि भन्ने ठानेर राम चिन्तित थिए । महिला बला त्कृत हुनु पनि उनको दोष मानिने र पुरुषचाहिँ स जायको भागी नहुने चलन कहिलेसम्म रहने ?

कुनै महिला बला त्कृत भइन् भने पक्कै पनि छोटो लुगा लगाएर वा हाँसेर पुरुषलाई बला त्कार गर्न प्रेरित गरिन् होलिन समेत भनिन्छ । ‘बला त्कृत’ पुरुषले अप राध गर्यो भन्नेचाहिँ ठानिँदैन । त्यसैले प्रहरीले ‘बला त्कृत’ को मुख छोपिदिन्छ, किनभने पुरुषको इज्जत त बच्नुपर्छ । महिलाचाहिँ जीवनभर ‘बला त्कृत’ को ‘ट्याग’ भिरेर हिँड्नुपर्छ

यसरी महिलाको चरित्र, उनको योग्यता आदि सबै उनको यो नीको ‘पवित्रता’ संग जोडिने कहिलेसम्म होला रु महिलाको शरीर भो गकै लागिमात्रै हो भन्ने भावनाले अभिभावकले छोरीको ‘कन्यादान’ गरिदिन्छन् । दान दिएको वस्तुमा त ‘मालिकको’ मात्र अधिकार हुन्छ । त्यसैले लोग्नेको घरबाट पि टिएर, हिं सा सहेर निकालिएकी छोरीको माइतमा स्थान हुँदैन । जति हिं सा भोगे पनि आफू र आफ्नो ‘इज्जत’ बचाउन महिलाचुप लागिरहन्छिन् । लोग्नेको घरबाटनिकालिएमा अक्षत यो नी नभएकैले उनको विवाह सजिलै हुँदैन ।

सारमा, महिलालाई ‘बला त्कृत’ हुँदा उनी अपवित्र भइन् भनेर ‘छुवाछूत’ गर्ने, उनलाई र उनको परिवारलाई हेयको नजरले हेर्ने, उनको ‘जिन्दगी ख त्तम भयो’ भन्ने विचार समाजका विभिन्न तप्कामा रहिरह्यो भने महिलाको सम्मान कसरी हुन्छ रु अहिल्या, सीताजस्तै पुरुषको लागि आफू ढुङ्गा बन्नुपर्ने, वनवास जानुपर्ने नेपाली महिलाको जीवन भइरह्यो भने समाज कसरी अगाडि बढ्ला रु महिलाको ‘इज्जत’ उनको ‘यो नीको पवित्रतासंग’ गाँसिएको छैन भन्ने आम बहस समाजमा कसले चलाइदेला ?श्राेत tajasamchar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment