सबैभन्दा बढी मुनाफा दिने सेयर एकै झट्कामा चित, लगानीकर्ता बने कंगाल

सबैभन्दा बढी मुनाफा दिने सेयर एकै झट्कामा चित, लगानीकर्ता बने कंगाल

 

काठमाण्डौ । निश्चय पनि सेयर मार्केटलाई अनिश्चितताको बजार पनि भनिन्छ । यहाँ मानिस क्षणमै आकाश–जमिनको स्थितिमा आउँछन् । बजारको पस्थिति कतिखेर के हुने हो भन्न सकिँदैन ।

बजारमा अनगिन्ती उदाहरणहरु छन्, जहाँ कहिले कुनै कम्पनीको सेयरमूल्य एकै दिन छलाङ मारेर रेकार्ड बनाउँछ भने कहिले नराम्ररी सेयरमूल्य घटेर पछारिन्छ ।

एउटा यस्तै कम्पनी कुरा गर्न गइरहेका छौँ । जसको सेयरमूल्य विगत एक वर्षमा ३९ गुनाले बढ्यो तर एकैदिनमा टाँट पल्टियो । यो घटना भएको चीनको सेयर मार्केटमा ।

चीनको एउटा कम्पनी आर्टगो होल्डिङ्ग्स लिमिटेड हङ्कङको सेयरबजारमा सूचीकृत छ । यो कम्पनीको सेयरमूल्यमा एकैदिन ९८ प्रतिशतले गिरावट आएको हो । एकै झट्कामा कम्पनीले ५.७ अर्ब डलरको नोक्सानी व्यहोर्नुपर्यो ।

आर्टगोको सेयरमूल्य १४.८० हङ्कङ डलर थियो । जुन एकैदिन ९८ प्रतिशतले गिरावट आएर ०.३ हङ्कङ डलरमा झर्यो ।

आर्टगो मार्बल उत्खनन गर्ने कम्पनी हो । यो कम्पनीको सेयरलाई एमएससीआईले आफ्नो चाइना इन्डेक्सको सातौँ नम्बरमा सूचीकृत गरेको थियो। आर्टगोको सेयरले लगातार राम्रो प्रदर्शन गरिरहेको थियो ।

एमएसीआईले जब यो कम्पनीको सेयरलाई आफ्नो इन्डेक्समा समावेश गर्ने घोषणा गर्यो तब दुई सातामै आर्टगोको सेयरमूल्य सतप्रतिशतले बढ्यो । यो कम्पनीको सेयरले एक वर्षमै ३८ सय प्रतिशत मुनाफाबाट दिएर सबैभन्दा धेरै मुनाफा दिने सेयर बन्न पुग्यो ।

तर अचानक एमएसीआईले बिहीबार आर्टगोको सेयरलाई आफ्नो इन्डेक्समा समावेश नगर्ने घोषणा गर्यो । जब एमएससीआईले यस्तो घोषणा गर्यो तब यो कम्पनीको सेयरमूल्यमा गिरावट आउन थाल्यो । यतिसम्म कि हेर्दाहेर्दै आर्टगोको सेयरमूल्यमा ९८ प्रतिशतको गिरावट आयो । यो गिरावटलाई रोक्न यस कम्पनीको सेयर कारोबार नै सस्पेन्ड गर्नुपरेको थियो ।

एकैदिन ५.७ अर्ब डलर गुमाउन पुगेको यो कम्पनीका सेयरधनीहरुबीच अहिले रुवाबासी चलिरहेको छ । श्राेतbizshala

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment