काठमाडौँ : कोरियामा कार्यरत एक नेपाली कामदारको ज्यान गएको छ ।
वैदेशिक रोजगारीको शिलसिलामा कोरिया पुगेका भोजपुर टेम्केमैयुङ गाउँपालिका- १ का अमिन राईको ज्यान गएको हो ।
कामको शिलसिलामा बेहोस भएका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । उनी वैदेशिक रोजगारीको शिलसिलामा पाँच वर्ष अघि कोरिया पुगेको बताइएको छ ।
कोरियाको कानुनी प्रकृया पुरा गरेर उनको शव नेपाल तयारी भइरहेको छ ।
यसअघि कोरियाको बुसानमा कार्यरत काभ्रे जिल्ला बेथानचोक- ३ लप्सीबोट का केदार तिमल्सिना झुण्डिएको अवस्थामा फेला परेका थिए ।
विगत ६ वर्षदेखि कोरियामा कार्यरत तिमल्सिना पहिलो पाँचवर्षे कार्यकाल पूरा गरी पुन: सिबिटी परीक्षा दिएर कोरिया पुगेका थिए ।श्राेत bigulnews
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्