काठमाण्डौंमा चल्ने सवारीसाधनका नम्बर प्लेट सम्बन्धि ट्राफिकले ल्यायो कडा नियम, यस्तो कार्य गरेको भेटिए तुरुन्तै कारवाही गर्ने

काठमाण्डौंमा चल्ने सवारीसाधनका नम्बर प्लेट सम्बन्धि ट्राफिकले ल्यायो कडा नियम, यस्तो कार्य गरेको भेटिए तुरुन्तै कारवाही गर्ने

काठमाण्डौंमा चल्ने सवारीसाधनका नम्बर प्लेट सम्बन्धि ट्राफिकले ल्यायो कडा नियम, यस्तो कार्य गरेको भेटिए तुरुन्तै कारवाही गर्ने
काठमाडौंमा गुड्ने अधिकांस सवारी साधनको नम्मर प्लेट गलत लेखिएको यातायात ब्यवस्था विभागले जनाएको छ । यातायत विभागले सहि तरिकाले गाडीमा नम्मर प्लेट राख्न आग्रह गर्दै नियम अनुसार नम्बर प्लेट नराखे कारवाही गर्ने चेतावनी दिएको छ । विभागले नम्बर प्लेट लेख्ने तरिका समेत बताउँदै एक सूचना जारी गरेको छ । सूचनामा मोटर साइकल वा गाडीको अगाडीको नम्बर प्लेटमा तल र माथि गरी दुइ लाइनमा र पछाडिको नम्बर प्लेटमा तीन लाइनमा नम्बर लेख्नुपर्नेछ । यदि यस्तो नपाइए कारवाहीमा गर्ने चेतावनी विभागले दिएको छ ।

यसरी लेख्ने, जस्तैः अगाडिको नम्बर प्लेट / प्रदेश ३—०२ /००१ प १२८६ पछाडिको नम्बर प्लेट / प्रदेश ३—०२ / ००१ प / १२८६

यातायात विभागले यातायात विभाग काठमाडौंमा दर्ता भएका निजि सवारी साधनका लागि यो सूचना जारी गरेको हो । काठमाडौंमा दर्ता भएका गाडी वा मोटरसाइकलहरुले विभागले भने अनुसारको नम्बर प्लेट राख्नुपर्नेछ ।

त्यस्तै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि हर्न बजाउन कडाइ गरेको हो ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । हर्नमा कडाइ गरेसँगै महाशाखाले आज १८८ सवारी साधनलाई कारबाही गरेको छ ।

महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी हर्नमा कडाइ गरिएको जानकारी दिनुभयो । ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउने उहाँको भनाइ छ ।

महाशाखाले २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरेको थियो । ट्राफिक प्रहरीले हालसम्म जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीसाधनलाई कारवाही गरिसकेको जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को (ग) अनुसार ट्राफिक प्रहरीले कारवाही प्रक्रिया चलाउँदै आएको छ । उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि सङ्केत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर रु ५०० जरिवाना गर्न सक्ने व्यवस्था छ ।श्राेत etajakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment