बहिनीको बिहे पार्टीप्लेसमा हुँदै गर्दा समान किन्न बाहिर निस्केका दाजुको सडक दुर्घटनामा परि निधन (भिडियो)

बहिनीको बिहे पार्टीप्लेसमा हुँदै गर्दा समान किन्न बाहिर निस्केका दाजुको सडक दुर्घटनामा परि निधन

काठमाडौं, २६ मंसिर । बहिनीको विवाहका लागि दुबोको माला लिएर हिडेका दाईको कार दुर्घटनामा ज्या न गएपछि विवाह रोकिएको छ भने परिवार शोकमा डुबेको छ । बहिनीको कपिलबस्तुको चार नम्बर पार्टी प्यालेसमा विवाहको तयारी भइरहेको थियो । दाई उत्साहका साथ बहिनीको विवाहको तयारीमा लागेका थिए । तयारीकै लागि उनी घरवाट पार्टी प्यालेस जाने क्रममा कार दुर्घटनामा परे । दुर्घटनामा दाजुको ज्या न गयो भने परिवारका अन्य सदस्य घाइते भए ।

वेहुलीको दिदी र अन्य आफन्त सहित ५ जना घाइते भएका हुन् । कपिलवस्तुमा सोमवार विहान भएको कार दुर्घ टनामा ग्लोबल आइएमई बैंकका प्रवन्धकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । पूर्व(पश्चिम राजमार्गको वोर्डगाउँ नजिकै भएको दुर्घ टनामा बैंकका बनगाई शाखा प्रबन्धकको ज्यान गएको हो । बा। ६ च ६३९० नम्बरको कार दुर्घ टनामा परी कपिलवस्तु नगरपालिका ९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्डेको ज्या न गएको हो । उनी आफ्नी बहिनीको विवाहको तयारीमा थिए । प्रहरीले सोमबार बिहान करिब ८ बजेतिर दुर्घ टनाबारे जानकारी पाएको थियो ।

तीव्र गतिमा रहेका कारण कार दुर्घ टना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । कार अनिय न्त्रित भइ सडक किनारको बिजुलीको पोलमा ठो क्किएको हुन सक्ने जनाएको छ । कारमा सवार अन्य ५ जना घाइतेमध्ये २ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य ३ जनाको वाणगंगास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

कार ठोक्किने वित्तिकै नजिकै रहेका स्थानियहरु उद्दारका लागि पुगेका थिए । उद्दारमा गएकाहरुले कारमा वेहुलाको लागि तयार पारिएको माला र पुजा सामग्री समेत देखेको बताएका छन् । दुर्घटना भएको बेलामा नदेखेको र कारको ब्रेक लगाएको आवाज मात्र सुनेको बताएका स्थानियले अरुलाई बचाउन गाडीलाई झाडी तिर लैजान खोज्दा विद्युतको पोलमा गएर ठोक्किएको हुनसक्ने अनुमान गरे ।श्राेतetajakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment