सडक दुर्घटनामा तेह्र जनाको मृत्यु

सडक दुर्घटनामा तेह्र जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । बताइएअनुसार यसरी ती दुई सवारी साधन ठोक्किँदा आगलागी भएको थियो ।

सो दुर्घटनामा परी तेह्र जना यात्रुको ज्यान गएको बलुचिस्तान प्रान्तका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । दुर्घटनाग्रस्त भ्यान बसमा कति व्यक्तिहरु यात्रा गरीरहेका थिए भन्ने बारेमा केही सूचना दिइएको छैन । तेह्र जनाको ज्यान गएको र अरु बाँकी कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा पनि विस्तृत विवरण प्राप्त भएको छैन । प्रहरीले यस दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।श्राेतpurbelinews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment