नेपाल टेलिकमद्वारा निःशुल्क सिमकार्ड वितरण

नेपाल टेलिकमद्वारा निःशुल्क सिमकार्ड वितरण

काठमाडौं (अस) । नेपाल टेलिकमको गल्याङ कार्यालयले २ हजार ५०० ओटा सिमकार्ड निःशुल्क वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा उक्त सिम वितरण गरिएको हो । सर्वसाधारणलाई निःशुल्क वितरण गरिएको सिममा रू. ५० टकटाइम भ्यालु छ । चौथो पुस्तामा आधारित फोरजी प्रविधिमार्फत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको रुचि देखिएकाले सिमकार्ड निःशुल्क वितरण गरिएको टेलिकमका गल्याङ कार्यालय प्रमुख रामराज उपाध्यायले बताए । टेलिकमले देशको ७७ ओटै जिल्लामा फोरजी सेवाको पहुँच पुर्याइसकेको छ ।सहयाेगमाabhiyandaily

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment